
2 February, 2025
घरवेटी

30 August, 2024
जुन कुरा केटीहरूले तपाईलाई थाहा दिन चाहँदैनन्।

11 July, 2024
माया पिरतीको गाउँ

हुँदा हुँदा कलेज जीवनको ती दिनहरू सम्झँदा मनमा अनेकौं स्मृतिहरू खेल्छन्। त्यही बेला म एउटा घरमा भाडामा बसेको थिएँ। नयाँ ठाउँ, नयाँ वातावरण, नयाँ मानिसहरू। सुरुमा अलि असहज लागे पनि समयसँगै त्यो घर मेरा लागि दोस्रो घरजस्तै भयो।
घरकी वेटी मसँग निकै राम्रो व्यवहार गर्नुहुन्थ्यो। उहाँको एक छोरा थियो, उस्तै मेरो उमेरको। सुरुवातमा ऊसँग धेरै कुरा हुन्नथ्यो, बस् सामान्य अभिवादन र मुस्कानको आदान-प्रदान मात्र। तर विस्तारै हाम्रो मित्रता गहिरिँदै गयो।
हाम्रो रुचिहरू मिल्थे। कहिलेकाहीँ कलेजबाट फर्किएपछि हामी घरको आँगनमा गफिन्थ्यौँ। कहिले-काहीँ चिया खाँदै जीवनका सपनाहरूको कुरा गर्थ्यौँ। म गाउँबाट आएको थिएँ, ऊ सहरमै जन्मेको। मेरा लागि सहरका बाटाहरू नयाँ थिए, ऊ मेरा लागि गाइड बन्यो। उ...