Old Story 5 June, 2024

युद्धकाे असर ।

यो तस्बिर एक सोभियत सैनिकको हो । उनको नाम एभगेनी स्टेपानोविच कोबिटेभ हो । चार वर्षको अन्तरमा खिचिएका उनको तस्बिरमा अस्वाभाविक परिवर्तन देखिएको पाइन्छ ।   पहिलो तस्बिर, बायाँपट्टि, जुन १९४१ मा युद्धमा जानु अघिल्लो दिन खिचिएको थियो, जुन बेला उनको उमेर ३० वर्ष थियो, र दायाँपट्टि खिचिएको तस्बिर १९४५ मा युद्धबाट फर्किंदा खिचिएको थियो ।

सेप्टेम्बर १९४१ मा, कोबिटेभ घाइते भए र युद्ध बन्दीको रूपमा खोरोल एकाग्रता शिविरमा कैद भए। यस शिविरमा ९०,००० मानिसहरू मरे। उनी १९४३ मा बन्दीगृहबाट भाग्न सफल भए र युद्ध समाप्त नभएसम्म पुन: सेनामा सामेल भए।

युद्धपछि, कोबिटेभ कला शिक्षक बने र सेनामा आफ्नो अनुभवहरूबाट प्रेरित कला सिर्जना गरे। उनकाे १९७३ मा ६२ वर्षको उमेरमा निधन भयाे ।

Related Post

Story Image

5 June, 2024

जीन्स पाइन्टमा हुने सानो खल्ती के हो ?

Story Image

5 June, 2024

inDrive App कसरी सुरु भयो ?